अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

‘माफ गर तिम्रो बिहेमा आउन सकिन; सार्वजनिक

बिआरटीनेपाल २०७८ भदौ २३ गते ६:४३ मा प्रकाशित

साहित्यकार गोवर्द्धन पूजाको २०४८ सालको मधुपर्कमा छापिएको गजल रेकर्ड भएर सार्वजनिक भएको छ । क्रेजी म्युजिक हबद्वारा रेकर्डिङ भएर स्टुडियोको उद्घाटन समारोहमा सार्वजनिक भएको ‘ माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ बोलको गजलमा गोपाल अधिकारीले स्वर र सङ्गीत गरेमा छन् । शनिवार सार्वजनिक भएको उक्त गजलको म्युजिक भिडियोमा नम्रता र नवीनको अभिनय रहेको छ ।

क्रेजी म्युजिक हब युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोलाई केपी तिमल्सिनाले निर्देशन गरेका छन् भने अनीश तिमल्सिनाले छायाङ्कन गरेका छन् ।

नेपाली चलचित्र ‘ घायल’, जङ्गली मान्छे, इन्साफ, मूर्ख मान्छे, यतिको खोजमा, लगायतका नेपाली चलचित्रमा गीत लेखिसकेका गोवर्द्धन पूजाका दुई दर्जन जति गीत रेकर्डिङ भइसकेका छन्। उनका कविता , गजल, उपन्यास र कथाका नौ वटा साहित्यिक कृति प्रकाशित छन् ।

प्रतिक्रिया