अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

बिआरटीनेपाल २०७८ भदौ २० गते ०:०९ मा प्रकाशित

फिलिपिन्सले नेपाल सहित १० वटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।कोभिड महामारी नियन्त्रणका लागी भन्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो ।

कोरोना संक्रमण नियन्त्रण नभए पनि खोपका कारण भयावह अवस्था नरहने निश्कर्षसहित सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी दिनुभयो । यद्यपि फिलिपिन्स आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने जनाइएको छ । फिलिपिन्सले १० एसियाली मुलकमाथि गत अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू