अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 11:57

बोके दाह्रीको “साली कमला २” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७८ भदौ १८ गते ९:४१ मा प्रकाशित

लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) को नयाँ गीत ‘तिम्रै हुँ म (साली कमला २) सार्वजनिक भएको छ । बि.सं २०62 सालमा सार्वजनिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात् गायक लुइँटेलले पुन ‘साली कमला २’ आफ्नै यूट्रयुव च्यानल बोके दारी अफिसियल मार्फत सार्वजनिक गरेका हुन् ।

सङ्गीत/गायन/शब्द बोकेदरी एवम् श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी योञ्जनको रहेको छ । केशव रायमाझीको निर्देशन, सुमन योञ्जनको छायानकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुबेदीको प्रस्तुति रहेको छ। म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।

लुइँटेलका ‘ए बा किन्देउन् भट भट भटे’,’डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘;सुनकाे सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सीमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया