अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

दीपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

बिआरटीनेपाल २०७८ भदौ १७ गते ६:३८ मा प्रकाशित

धरान । नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दीपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा सञ्चार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा सञ्चारकर्मीको रूपमा समेत काम गरिसकेका निर्देशक दीपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा विभिन्न सेलिब्रेटीहरु सँग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चाँडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्ताङको निर्देशन गर्दैछन। म्युजिक भिडियो निर्देशनमा समेत हात हालेका निर्देशक दीपक श्रेष्ठको निर्देशनमा “जोड घटाउ ” बोलको गीतको भिडियो निर्माण भएर रिलिज समेत भएको छ।

चिकित्सा पेसाको चर्चित नाम तथा बिराटनगर निवासी गायक मन्जिल श्रेष्ठ र चर्चित गायिका स्मिता दाहालको स्वर रहेको गीतमा नाजीर हुसेन र सिम्पल खरेलको अभिनय रहेको गीतको शब्द दिनेश थपलिया , सङ्गीत भीम बिसी, सङ्गीत संयोजन उदयराज पौडेलको रहेको छ भने नृत्य निर्देशन शिशिर खाती र सम्पादन मनोज कार्कीको रहेको छ। एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोले राम्रो रेस्पोन्स पाइरहेको छ।

निर्देशक श्रेष्ठ चाँडै नै अन्य म्युजिक भिडियोहरू बनाउने क्रममा छन् ।

म्युजिक भिडियो लिङ्क

प्रतिक्रिया