अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

किरण गजमेरलाई अनेसासको ट्रस्टी प्रदान

बिआरटीनेपाल २०७८ भदौ १६ गते ६:४८ मा प्रकाशित

अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

अनेसास वर्तमान विधान बमोजिम ट्रस्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गर्नु भएको हो । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतमा उनको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रस्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउँदै ट्रस्टीका सभापति गीता खत्रीले भन्नुभयो – किरणजस्ता कला, सङ्गीत, गायनमा ख्याति प्राप्त युवाहरूलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।
यसै गरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली सङ्गीतको सेवामा समर्पित किरणको साङ्गीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताउनु भयो ।

बिओटी उपसभापति पदम विश्वकर्माले किरणजस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्वमा फैल्याउन सहयोग पुग्ने बताउनु भयो ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू