अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

एनआरएन टेक्सस च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ भदौ १२ गते १५:२४ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ । अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गर्नुभएको हो भने उपाध्यक्षमा गङ्गा दत शर्मा, सचिवमा चण्डी भण्डारी, सह सचिवमा राजन भट्टराई, कोषाध्यक्षमा दिलीप कुमार बस्नेत रहनुभएको छ ।

यसै गरी महिला संयोजकमा मनिता मानन्धर, युवा संयोजकमा वासुदेव केसरी रहनुभएको भने सदस्यहरूमा रोहित विक्रम केसरी, टकंमणि घिमिरे, भुवन सुवेदि, निश्चल चापागाई, छविलाल हुमागाई, सन्तोष लम्साल रहनुभएको छ ।

कार्यक्रममा न्युयोकमा भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेकसासको टिमलाई सम्मान गरिएको हो । सोही अवसरमा एनआरएनए आइसिसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया