अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीको निधन

बिआरटीनेपाल २०७८ भदौ ११ गते २३:२० मा प्रकाशित

अस्ट्रेलियामा यसै साता मात्रै तीन नेपाली विद्यार्थीहरुको ज्यान गएको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारणले ज्यान गएको अस्ट्रेलिया स्थित नेपाली समाजले पुष्टि गरेको छ ।

दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको ज्यान गएको एनआरएन अस्ट्रेलियाले जनाएको छ। तामाङ र लेखकले उपचारको क्रममा अस्पतालमै ज्यान गुमाएका हुन् भने एक महिला आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी हुन् ।

अध्ययनको लागि पर्थ पुगेका तामाङ केही दिनदेखि बेहोस अवस्थामा रहेको र उनको सोही स्थानको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्तिम संस्कारको लागि तामाङको शव नेपाल पठाउन एनआरएन तथा स्थानीय संघ–संगठनहरुले तयारी गरिरहेका छन् । यस्तै लिभरकी बिरामी रश्मी लेखकको पनि उपचारकै क्रममा निधन भएको हो । एक महिला भने कोठामा मृत फेला परेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू