अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

इनास अमेरिकाको केन्द्रीय अध्यक्षमा कन्हैया सिंह परियार विजयी

बिआरटीनेपाल २०७८ भदौ ९ गते ६:४८ मा प्रकाशित

भर्जिनिया । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको (इनास अमेरिका)को केन्द्रीय अध्यक्षमा गायक तथा सङ्गीतकार कन्हैया सिंह परियार सर्वसम्मतले चयन भएका छन् । इनास विश्वका ७० राष्ट्रहरूमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत् संस्था हो ।

अमेरिका भरी रहेको नेपाली कलाकारहरूको तेस्रो अधिवेशनले गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारलाई इनास अमेरिकाको अध्यक्ष पदमा चयन गरेको हो । इनास अमेरिकाको तेस्रो अधिवेशन भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनमा करिब डेढ सय नेपाली कलाकारहरूको सहभागिता थिए । सोही अधिवेशनले परियारलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले सङ्गीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिकाको केन्द्रीय कार्य समितिमा कन्हैया सिंह परियारको अध्यक्षतामा १७ सदस्य कार्य समिति गठन भएको छ ।

इनास अमेरिकाको वरिष्ठ उपाध्यक्षमा गोपाल नेपाल फिस्टे, उपाध्यषमा अँकुश नेपाल, रिता श्रेष्ठ, महासचिवमा रमेश मैनाली, सचिवमा सन्त पोखरेल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यषमा गीता रेग्मी चयन भएका छन् । यस्तै केन्द्रीय सदस्यहरूमा दीपा अधिकारी, अमिता लामा, भरत बराइली, अनिल तिमिल्सिना, सुगन्ध श्रेष्ठ, नवीन केसी, निशेष भट्टराई, प्रकाश नेपाल, उज्ज्वल सिंह ठकुरी चयन भएका छन् ।

सो अधिवेशनबाट यसै गरी इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अधक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ । उता मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ ।

इनास अमेरिका पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ । त्यसै गरी केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ । समारोहमा नयाँ कार्यसमितिका सदस्यहरूलाई शपथ ग्रहण गराएर जिम्मेवारी सुम्पिइएको थियो । उक्त कार्यक्रम इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथिको रूपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरि शर्मा रहेका थिए । समारोहमा उनीहरू सहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु क्षत्री, गायक वसन्त खड्का लगायतले यो कार्यसमितिलाई शुभकामना दिए ।

सो अधिवेशनमा इनास अमेरिकाले साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौँ राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका–२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नगमा गुरुङ, सामाजिक अभियन्ता सुबोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाईसम्मान गरेको थियो ।

प्रतिक्रिया