अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

कोलोराडोमा घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन हुँदै

बिआरटीनेपाल २०७८ भदौ ७ गते १७:०० मा प्रकाशित

कोलोराडो । अमेरिकास्थित कोलोराडोको वेष्टमिनिस्टर सहरमा सेप्टेम्बर ११ र १२ मा नेपाली राजादुतावासको घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन हुने भएको छ । नेपाली घर, एनआरएन कोलोराडो च्याप्टर र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा यो कार्यक्रम हुँदैछ ।

‘घुम्ती कन्सुलर सेवा शिविर’ कोलोराडोमा दुई दिन हुनेछ । पहीलो दिन सेप्टेम्बर ११ बिहान ९:३० बजेदेखि साँझको ४:०० बजेसम्म र दोस्रो दिन सेप्टेम्बर १२ बिहान ९:०० बजेदेखि साँझको २:०० बजेसम्म कोलोराडो, न्यु मेक्सिको र वायोमिङ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न लागेको वाशिङ्गटनस्थित नेपाली राजदूतावासले जनाएको छ । शिविरमार्फत सेवा लिन राजदूतावासले आग्रह गरेको छ ।

शिविरबाट राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमति पत्र र पर्यटक भिसा सेवा प्रदान गर्ने राजदूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवा लिन चाहनेले अग्रिम रूपमा फाराम भर्नुपर्ने राजदूतावासले जनाएको छ ।

राजदूतावासको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवा रजिस्टर्ड गर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया