अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

सिस्टर्स ग्रुपको तीजको दर खाने र आपसी सदभावको कार्यक्रम २०२१ सम्पन्न

बिआरटीनेपाल २०७८ भदौ ७ गते ८:२३ मा प्रकाशित

नजिकिँदै गरेको महिलाहरूको विशेष चाड हरितालिका तीज कोलोराडोका महिलाहरूले मौलिक ढङ्गले मनाएका छन् । गर गहनाको र पहिरणको तडकभडक र अस्वस्थ प्रतिस्पर्धा भन्दा पर रहेर एकरूपता र सामान्य रूपमा आफ्नो धर्म सस्कृती जग्रेणा गर्न सकिन्छ भन्ने सन्देश सिस्टर्स ग्रुप कोलोराडोले आयोजना गरेको यो कार्यक्रमले दिएको छ । आपसी सदभाव साहित शुभकामना आदान प्रदान गर्न सिस्टर ग्रुपले सन्चालन गर्दै आएको हरितालिका तीजमा अमेरिकाको कोलोराडो राज्यका विभिन्न ठाउँमा बसोबास गर्ने महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सिस्टर्स ग्रुपको आयोजना तथा एनआरएन कोलोराडो शाखाको सहकार्यमा आयोजित उक्त कार्यक्रम धन पौड्यालले सन्चाल गर्नु भएको थियो भने सिष्टर्स ग्रुपको कोषाध्यक्ष तथा एनआएन कोलोराडो च्याप्टरको महिला संयोजक दिलकुमारी श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

महिलाहरूले आ -आफ्नो घरबाट बनाएर लेराएको स्वादिष्ट परिकार (दर) र मौलिक नाचगानको सुन्दरपलमा सबै हर्षित र आनन्दित रहेको उक्त कार्यकममा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आर सी पन्त, नेपाली घरका अध्यक्ष लछुमन राना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला र रकी माउन्टेन फ्रेन्डस अफ नेपालका महिला कोर्डिनेटर यशोदा भट्टले नेपाली मौलिक धर्म कला र संस्कृतिको संरक्षण र यसको महत्त्व युवा पुस्तामा पुराउन यस्ता कार्यकम सहायक सिद्ध हुने आशय साहित आफ्ना भनाइ व्यक्त गर्नुभएको थियो ।

साँझ ४ बजे देखि कोलोराडो राज्यको ब्रूमफिल्डमा आयोजित उक्त कार्यक्रममा कोरोनाको कहर र तीजको महत्त्व दर्साउने आफ्नो रचना र मौलिक भाखामा ग्रुपकी सक्रिय सदस्य शान्ति भुसाल र योसोदा भट्टले तीज गीत प्रस्तुत गरी सबैको मन जितेका थिए ।

प्रतिक्रिया