अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

गीतकार ममता राई “यात्री” र माया गुरुङले अमेरिकाबाट दिए तिज कोसेली

बिआरटीनेपाल २०७८ साउन ३२ गते १०:१२ मा प्रकाशित

न्यु योर्क – महिलाहरूको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तिज गीत “गुन्जियो तिजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्यु योर्क सिटिको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गीतका रचनाकार ममता राई “यात्री” हुन भने सङ्गीत दीप घतानीको रहेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका माया गुरुङ, रचनाकार ममता राई “यात्री” कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रवीण गुरुङको अभिनय देख्न सकिन्छ ।

तिजको गुन्जियो भाका गीतलाई ओम कर्माचार्यले खिचेका हुन भने सम्पादन पनि कर्माचार्यकै रहेको छ । यो गीतलाई निर्देशन रमेश सुनुवारले गरेका हुन ।

न्युयोर्कको “रेडपान्डामा” एक कार्यक्रम गरेर सार्वजनिक गरिएको गीतको सार्वजनिक कार्यक्रममा अमेरिकाकै न्युयोर्कमा रहेर समाजसेवा गर्दै आउनु भएका सामाजिक अभियन्ता केशवराम राईले नेपाली चेलीबेटीहरूले यस्तो व्यस्तताको बिच पनि नेपाली गीत सङ्गीतको बजारमा एउटा इटा थप्ने कार्य गरेकोमा सबैलाई हार्दिक बधाई दिए ।

प्रतिक्रिया