अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

मनु ब्राजाकीको ७९ जयन्तीको अवसरमा गजल वाचन विशेष कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७८ साउन ३२ गते ९:४६ मा प्रकाशित

सुप्रसिद्ध गजलकार तथा कथाकार मनु ब्राजाकीको ७९ जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा जुम मार्फत अनलाइन गजल वाचन विशेष कार्यक्रम आयोजना गर्दैछ । यस कार्यक्रममा अमेरिकाको कोलोराडो राज्य लगायत, नेपाल र अन्य स्थानमा रहनुभएका गजलकारहरूको सहभागिता रहनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटीनेपाल डट कमको फेसबुक पेजबाट गरिनेछ ।

कार्यक्रम आयोजना हुने मिति र समय अगस्त २१, २०२१ शनिवार बिहान ८:०० बजे कोलोराडो समय (नेपाल समय: अगस्त २१, २०२१ शनिवार बेलुकी ७:४५ बजे) कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्ष भूपेन्द्र महतले गर्नुहुनेछ ।

 

 

प्रतिक्रिया