अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

उमेश रेग्मीको ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

बिआरटीनेपाल २०७८ साउन २९ गते १२:१३ मा प्रकाशित

धरान । गीतकार तथा सङ्गीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवर्धनका लागी अर्को नयाँ युगल गीत ‘इनरुवा बजारमा’ म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरेका छन् । चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन ईशानले सङ्गीत संयोजन गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ । आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमि प्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए । रेग्मीका यस अघि थुप्रै गीत विभिन्न चर्चित गायक -गायिकाहरूको स्वरमा सार्वजनिक भई सकेको छ । रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए भने यस अघि आफ्नो सङ्गीत यात्राको सुरुवातमा आफ्नै स्वरमा “सुनसरी इनरुवा” बोलको गीत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू