अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

अन्तर्राष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च गठन

बिआरटीनेपाल २०७८ साउन २७ गते ६:१५ मा प्रकाशित

न्युयोर्क । अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च फिनिज गठन गरेको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा भएको भेलाले सो संस्थाको घोषणा गरेको जनाएको छ । फोजिनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवर्द्धन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरूको व्यावसायिक तथा पेसागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य समुदायको सूचनाको हकको प्रवर्द्धन गर्ने, आदिवासी जनजाति समुदायको भाषा तथा संस्कृतिको पत्रकारितामार्फत उजागर गर्ने उद्देश्य रहेको भेलापछि जारी विज्ञप्तिमा जनाएको छ ।

यसै गरी नेपालमा आदिवासी जनजाति पत्रकारहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजसंगको सहकार्यमा नेपाली आदिवासी जनजाति पत्रकारहरूको व्यावसायिक तथा पेसागत क्षमतको प्रवर्द्धन लगायतको उद्देश्य राखेर सङ्गठनको स्थापना भएको जनाएको छ । तदर्थ समितिले आगामी ६ महिना भित्र संस्था दर्ता प्रक्रिया सम्पन्न गरेर अधिवेशन गरी नयाँ कार्यसमिति निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू