अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

कोलोराडोमा सञ्चालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७८ साउन २५ गते १०:२५ मा प्रकाशित

 

कोलोराडोमा सेप्टेम्बर ११ र १२ मा सञ्चालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, वाशिङ्गटन, डी.सी. ले कोलोराडोका सहरमा, त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले कृपया तपाईँलाई के सेवा चाहिएको हो आफूलाई चाहिने सेवा सहित कृपया यहाँ रजिस्टर्ड गर्नुहुन अनुरोध गरिन्छ ।

यदि तपाइले अन्यमा क्लिक गर्नु भयो भने, अन्य के हो मेसेजमा लेख्नु होला ।

(यो फर्म भरिसकेपछि कृपया कनफरमेसन इमेलको लागि स्पाम इमेलमा हेर्नुहोला । त्यो मेल त्यहाँ गएको हुन सक्छ । Thanks)

 

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

स्थानः
Front Range Community College
3645 West 112 th Ave
Westminster CO 80031
Room: C-0401

मिति: सेप्टेम्बर ११ र १२, २०२१

समय:
सेप्टेम्बर ११ बिहान ९:३० बजेदेखि साँझको ४:०० बजेसम्म (दिउँसो १-२ बजेसम्म Lunch Break)
सेप्टेम्बर १२ बिहान ९:०० बजेदेखि साँझको २:०० बजेसम्म

अन्य के हो त्यो मेसेज सेक्सनमा लेख्नुहोला ।

Note: Please check your junk email for confirmation email.

====================================================

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

क) राहदानी नवीकरण (Passport Renue)
सक्कल नागरिकता र सोको प्रतिलिपि।
सक्कल राहदानी र सोको प्रतिलिपि।
Live Enrolment का लागि रीतपूर्वक अनलाइन भरिएको बारकोड सहितको फाराम
(https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)।
नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. १५० को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् $३०० । तर, १० वर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण $७५ र हराएको/बिग्रिएको हकमा $ १५०)।
राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरी सकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID Card)
सेवाग्राहीले रीतपूर्वक भरेको आवेदन फाराम। (फाराम डाउनलोड गर्ने वेब लिङ्कः
NRN-ID-FORM1.pdf (nepalembassy.gov.np)
नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate को प्रतिलिपि।
नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपि।
नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साबिकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपि वा,
बाबु/आमा/हजुरबुबा/हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
तीन प्रति अटो साइज (2.5cm*3cm) को फोटो।
नेपाली राजदूतावासको नाममा जारी भएको अमेरिकन डलर ५२० को मनी अर्डर ।
हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भए सोको प्रमाण।
कुनै पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण।
गैर आवासीय परिचयपत्र हराएको हकमा नेपाली राजदूतावासलाई सम्बोधन गर्दै परिचयपत्र हराएकाले नयाँ परिचयपत्र उपलब्ध गराइदिन अनुरोध गर्दै लेखिएको निवेदन (हराएको हकमा दोब्बर दस्तुर लाग्नेछ।)

ग) अधिकृत वारेसनामा
नेपालमा मान्यता प्राप्त कानुन व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
सम्बन्धित आवेदकले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपि।
अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपि।
अ.वा. लिने दिने दुवैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
स्थायी आवास अनुमति पत्र (Green Card) वा Visa Status।
गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।
जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपि, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सोको प्रमाणित प्रतिलिपि।
नेपाली राजदूतावासको नाममा जारी भएको अमेरिकन डलर २०० को मनी अर्डर।

घ) कागजात प्रमाणीकरण
रीतपूर्वक भरेको निवेदन।( फाराम डाउनलोड गर्ने वेब लिङ्कः
https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf)
प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको कागजातको सक्कल र प्रतिलिपि।
सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
सवारी चालक अनुमति पत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
नेपाली राजदूतावासको नाममा जारी भएको अमेरिकन डलर ५० को मनी अर्डर ।

ङ) एकतर्फी यात्रा अनुमति पत्र
पुरानो राहदानीको प्रतिलिपि
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
रीतपूर्वक भरेको राहदानी फाराम
(https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf)
तीन प्रति फोटो (MRP size)
नेपाली राजदूतावासको नाममा जारी भएको अमेरिकन डलर ४० को मनी अर्डर।
(तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपि वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुल्ने कागजात)

च) पर्यटक भिसा (Tourist Visa)
सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक अनलाइन फाराम भरी प्रिन्ट गरेको confirmation page को hard copy।
कम्तीमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
कम्तीमा २ वटा भिसा पानाहरू बाँकी रहेको राहदानी।
नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (१५ दिने भिसाका लागि अमेरिकन डलर ३०, ३० दिने भिसाका लागि अमेरिकन डलर ५० र ९० दिने भिसाका लागि अमेरिकन डलर १२५) ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू