अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

एसईईको नतिजा प्रकाशित 

बिआरटीनेपाल २०७८ साउन २३ गते ६:१३ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू