अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

एनआरएनए आइसिसीको रिजनल कोअर्डिनेटर पदमा अमेरिकाबाट प्रकाश सापकोटा उम्मेदवार हुने

बिआरटीनेपाल २०७८ साउन २२ गते ९:१४ मा प्रकाशित

कोलोराडो, अमेरिका । गैह्र आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को आगामी कार्यकाल २०२१-२०२३ को लागि अमेरिकाज क्षेत्रीय संयोजक (आरसी/रिजनल कोअर्डिनेटर) पदमा कोलोराडो निवासी प्रकाश सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

धादिङ जिल्लाको कटुन्जेमा जन्मेका सापकोटा नेपालमा रहँदा ठमेलमा रहेर पर्यटनका विभिन्न क्षेत्रमा लामो समयसम्म काम गरेका थिए । २००४ देखी अमेरिकामा रहेर लामो समयदेखि एनआरएन, अमेरिकामा संलग्न सापकोटाले २०१५-२०१७ को कार्यकालमा एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष र २०१७–२०१९ को कार्यकालका लागि एनआरएनए आइसिसी सदस्य पदमा निर्वाचित भएर काम गरिसकेका छन् । एनआरएनए आइसिसीको वर्तमान मानार्थ सदस्य सापकोटा नेविसंघ स्कुल इकाई, क्याम्पस इकाई, नेविसंघ धादिङ जिल्ला कार्यसमितिको सदस्य रहेर राजनैतिक अनुभव पनि राख्दछन् ।

कोलोराडो राज्यमा विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गरेर प्रवासमा सफल जीवन व्यतीत गरिरहेका सापकोटा ‘अविचलित आफ्नो बानी, समूहगत सांगठानिक अडान, निस्स्वार्थ सामुदायिक सेवा’ का लागि अमेरिकाज क्षेत्रीय संयोजक पदमा निर्वाचन लड्ने बताउंछन । ‘नागरिकताका विषयहरूको रटान मात्र होइन, प्रवासी नेपालीहरूको छाता सङ्गठन एनआरएनएलाई सहज, स्वतन्त्र र एनआरएनएकै स्तरीय ब्रान्ड निर्माणका लागि काम गर्ने जमर्को गरेको छु’, सापकोटाले बिआरटी नेपाललाई बताए ।

एनआरएनए आइसिसी र एनसिसी अमेरिका बिचको सदाबहार वैधानिक विवादलाई समाधान गरी ‘एउटै आवाज – एउटै एनआरएनए’ निर्माणका लागि आफूले काम गर्ने सापकोटाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू