अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

बँदेलका लागि थापेको पासोमा दाजु–भाइकै ज्यान गयो

बिआरटीनेपाल २०७८ साउन २१ गते ९:१९ मा प्रकाशित

बैतडीमा बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर  एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । जिल्लाकोे सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका दाजु २१ वर्षीय सन्तोष चन्दको करेन्ट लागेर मृत्यु भएको हो ।बुधबार राति सवा ९ः बजेतिर दुई जनाको मृत्यु भएको प्रहरीलाई जानकारी आएकोे रौलेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दले जानकारी दिनुभयो । बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

बैतडीका पछिल्लो समय जङ्गली जनावर बँदेलले मकै बाली सखाप पार्न थालेको छ । नियम अनुसार बँदेल मार्न नपाईने भए पनि किसानले मकै बारीमा पासो थाप्ने गरेका छन् । ऐन कानुन अनुसार जङ्गली जनावर बँदेल मार्न नपाईने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख श्यामसुन्दर माझीले बताउनुभयो । बैतडीका १० वटै स्थानीय तह किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदले, बाँदर र दुम्सीले सखाप पार्न थालेका छन् । मकै जोगाउन किसानले अवैध रुपमा थापेको पासोमा परि मानवीय क्षति जस्ता अप्रिय घटनासमेत हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू