अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

बंगलादेशमा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, बेहुलासहित १४ घाइते

बिआरटीनेपाल २०७८ साउन २१ गते ९:२१ मा प्रकाशित

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो ।

विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू