अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन २१ गते ९:०७ मा प्रकाशित

अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ ।

यसअघि गत मार्चमामा पनि आप्रवासी चढेको गाडी ट्रकसँग ठोक्किंदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेकै कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू