अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

नेपाल मिडिया अवार्ड आयाेजना हुँदै

बिआरटीनेपाल २०७८ साउन २१ गते ८:५७ मा प्रकाशित

नेपालको मिडिया क्षेत्रमा देखिइरहेका परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले ‘मिडिया अवार्ड’ गर्ने निर्णय गरेको छ । ‘नेपाल मिडिया अवार्ड २०७८’ नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरूप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटेर गरिने अवार्ड ‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयाे ।

निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चार माध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाकाे सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ ।

नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलो पटक अवार्ड हुन लागेको हो । सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यसअघि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल इभ’ र यही वर्ष फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक सङ्घले गर्दै आएको ‘नेफ्टा’ अवार्ड आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू