अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो, संग्रहालय बनाइने

बिआरटीनेपाल २०७८ साउन २१ गते ८:५३ मा प्रकाशित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन शुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू