अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न ३ देशको प्रस्ताव

बिआरटीनेपाल २०७८ साउन २१ गते ८:०७ मा प्रकाशित

नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । प्यालेस्टाइनसहित तीन देशले नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन् । एन्फाका अनुसार प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण फुटबल म्याच खेल्न प्रस्ताव गरेका छन् । नेपाललाई कीर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको छ ।

गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसंग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भईरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो । एन्फा महासचिव इन्द्रमान तुलाधरले प्यालेस्टाइन सहित चार देशबाट नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताउनुभयो ।

उहाँले कीर्गिस्तान बाहेक तीन देश नेपाल आएर मैत्रीपूर्ण खेल खेल्न चाहेको समेत उल्लेख गर्नुभयो । नेपालले गत चैतमा आयोजना गरेको थ्री नेसन्स कपमा समेत कीर्गिस्तानको यू–२३ टिम नेपालमा आएर सहभागी बनेको थियो ।

प्रतिक्रिया