अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

महाधिवेशन तोकिएकै समयमा गर्न नेविसंघका पूर्व अध्यक्षहरुको दबाब

बिआरटीनेपाल २०७८ साउन २१ गते ७:५७ मा प्रकाशित

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । सबल काँग्रेस निर्माणका लागि युवा अभियान नामबाट आज पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन् । काँग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ ।

तर, क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन सकेको छैन । युवा नेताहरुले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् । महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् । उनीहरुले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू