अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

पार्टी एकताको पक्षमा उभिन नेताहरुलाई जसपा अध्यक्ष यादवको आह्वान

बिआरटीनेपाल २०७८ साउन २१ गते ७:५५ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गर्नुभएको हो । उहाँले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै सच्चिएर आउन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष यादवले आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न पनि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू