अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

कालीगण्डकी डाइभर्सन बहुउद्धेश्यीय परियोजनासँग सम्बन्धी मुद्दा एकै ठाउँमा सुनुवाइ हुने

बिआरटीनेपाल २०७८ साउन २१ गते ७:४० मा प्रकाशित

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित सबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको आजको इजलासले सबै मुद्दालाई एकै इजलासमा राखेर अन्तिम सुनुवाइ गर्न आदेश गरेको हो ।

पूर्ण इजलासले अधिवक्ता आतिश कार्की निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । कालीगण्डकी डाइभर्सनसम्बन्धी ३ थान निवेदन सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका छन् । यसअघि साउन ४ गतेको न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश हरि फुयाँलको इजलासमा मुद्दाका सन्दर्भमा न्यायाधीशको राय बाझिएको थियो ।

दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको थियो । पूर्ण इजलासले अन्य इजलासमा छरिएका मुद्दालाई एकीकृत गरेर सुनुवाइ गर्ने आदेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू