अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा थप ३७ जनाको कोरोनाका कारण मृत्यु, २ हजार १२ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ साउन २१ गते ८:०२ मा प्रकाशित

नेपालमा झन्डै ४ हजार जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टाम देशभर १८ हजार ४ सय ८ कोरोना परीक्षण गर्दा थप ३ हजार ९ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ । गत २४ घन्टामा थप २ हजार १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।

गत २४ घन्टामा देशभर थप ३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय २२ रहेको छ । गत २४ घन्टामा देशभर १ लाख १७ हजार ७ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू