अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

विश्वभर २० करोडभन्दा धेरैमा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७८ साउन २० गते ८:५९ मा प्रकाशित

विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २० करोड नाघेको छ । २० महिनाअघि सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका २० करोड चार लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हो ।यसमध्ये सबैभन्दा धेरै अमेरिकामा तीन करोड ६० लाख ४९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा तीन करोड १७ लाख ६९ हजार र तेस्रोमा ब्राजिलमा एक करोड ९९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

भाइरसकाे सङ्क्रमण फैलिन सुरु भएको चीनमा अहिलेसम्म ९३ हजार दुई सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यस्तै विश्वमा सङ्क्रमण पुष्टि भएका मध्ये १८ करोड ६ लाखभन्दा धेरै निको भइसकेका छन् । सङ्क्रमणका कारण ४२ लाख ६३ हजारभन्दा धेरैको ज्यान गएको काेराेनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएकाे वेबसाइट वर्ल्डाेमिटरले जनाएको छ ।

विश्वमा अहिलेसम्म चार अर्ब २५ करोड मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएकाे छ । कुल खोपयोग्य जनसङ्ख्याको २९ प्रतिशत मानिसले एक मात्रा र १४ दशमलव आठ प्रतिशतले दुवै मात्रा वा पूरा मात्रा खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप लगाए पनि मास्क लगाउने, दुरी कायम गर्ने जस्ता सावधानीका उपाय अपनाउन विज्ञहरूले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू