अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

नागरिकता विधेयक पारित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

बिआरटीनेपाल २०७८ साउन २० गते ८:२६ मा प्रकाशित

नागरिकता विधेयक पारित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

‘नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो । उनीहरुले नेपाली भएर पनि आफूहरुलाई राज्यले गैरनागरिक बनाएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू