अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

असक्षम भनेर निकाल्न खोजे अदालत जाने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चेतावनी

बिआरटीनेपाल २०७८ साउन २० गते ८:२२ मा प्रकाशित

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै ल्याउने तयारी गरेको छ । यसका लागि वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जामन्त्री पम्फा भुसालले राजिनामा दिन आग्रह गर्नुभएको समाचार बाहिरिएको छ । तर शाक्यले भने आफूलाई कतैबाट त्यस्तो निर्देशन अहिलेसम्म नआएको बताउनुभएको छ ।

बुधबार राजाधानीमा पत्रकार सम्मेलन गर्दै शाक्यले बाहिर समाचारमा भनिए जसरी असक्षम भनेर निकाल्न खोजिए अदालतको ढोका ढकढक्याउने चेतावनी दिनुभयो । तर सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न आफू तयार भएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो  ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु, अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’ आरोप मात्रै लगाएर पदबाट हटाइए कानूनी प्रक्रियामा जाने उहाँले बताउनुभयो । प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको शाक्यले दाबी गर्नुभयो । तर आफूले प्रचारलाई ध्यान नदिएको उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू