अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

मकवानपुरमा १२७ किलो गाँजासहित तीनजना पक्राउ

बिआरटीनेपाल २०७८ साउन २० गते ८:२१ मा प्रकाशित

मकवानपुर प्रहरीले १ सय २७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा भारतीय ट्रकबाट १ सय २७ किलो गाँजा फेलापारी नियन्त्रण लिएको हो ।

ट्रकपछाडि फल्स बटम बनाई गाँजा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । गाजाँ सहित ट्रक चालक भारतिय नागरिक रामराज सहनी, ट्रकमा सवार राहुल कुमार सहनी, र वीरगञ्ज महानगरका वडा ९ चुर्नी बस्ने रियाजुल अंसारी पक्राउ परेका छन् ।

त्यस्तै, मकवानपुर प्रहरीले हेटौंडाको एक गेष्टहाउसबाट लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ सय २५ ट्याब्लेट नाइट्रोभेट बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू