अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु : गुरु भट्टराई

बिआरटीनेपाल २०७८ साउन २० गते ८:१३ मा प्रकाशित

नेपाल रेल्बे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफुलाई स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न प्रचण्ड र माधव कुमार नेपालको दवाब रहेको बताउनु भएको छ ।भट्टराईले आफुलाई स्पष्टिकरण सोधिएकोबारे जवाफ फर्काउदै त्यस्तो बताउनु भएको हो । ‘मलाइ स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचन्ड र माधव नेपालको भिषण दवाब रहेछ’, भट्टराईको फेसबुक स्टाटसमा लेख्नुभएको छ ।

भट्टराई थप्नुहुन्छ ‘गुरु भट्टराई देखेर तिन कान्ला हाम फाल्नेहरु यो देश बनाउँछन भनेर कल्पना गर्नुरु म लाखौको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो ।’ त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति होः मेरो आफ्नै ब्यक्तिगत चाहना हैन ।’‘माधव नेपाल र प्रचन्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको बिपक्षमा जन हित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ? भन्दै प्रश्न गर्नुहुन्छ ‘मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँ बाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। म संग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु।’

त्यस्तै, उहाँले बिपक्षी दलको सरकार बनाउँन हिड्ने अराजनितिक मान्छे कहाँ पुग्छन प्रष्ट भएको बताउनुभयो । ‘म त घोषित रुपमा भन्दैछु,’ उहाँ लेख्नुहुन्छ ‘माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू