अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

बिआरटीनेपाल २०७८ साउन २० गते ८:११ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आज बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई टिममा बोलाएको हो । क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक पर्न सफल हुनुभएको छ । उहाँले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । क्यानले नेपाली टोलीको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने जनाएको छ ।

प्रशिक्षणमा सहभागी हुने सबैको पिसिआर परीक्षण भईसकेको क्यानले जनाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसक्नुभएको छ । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ । लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

१२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमारलाई बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू