अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाउन भारतलाई अफगानिस्तानको आग्रह

बिआरटीनेपाल २०७८ साउन २० गते ८:०९ मा प्रकाशित

अफगानिस्तानले भारतसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेको छ । अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेका बेला विदेशमन्त्री मोहमम्मद हनिफले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी सुरक्षा परिषद्को आपत्कालीन सत्र आयोजना गर्न आग्रह गर्नुभएको हो ।

अफगानिस्तानमा जारी हिंसा कम गर्न र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने विषयलाई केन्द्रमा राखेर सत्र आयोजना गर्न विदेशमन्त्री हनिफले भारतलाई आग्रह गर्नुभएको हो । अगस्ट महिनाका लागि भारतले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को अध्यक्षता गर्दैछ । अंग्रेजी वर्णानुक्रमअनुसार सुरक्षा परिषद्को अध्यक्षता हरेक महिना परिवर्तन हुने गर्छ । फ्रान्सपछि भारतले सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू