अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने – माओवादी केन्द्र

बिआरटीनेपाल २०७८ साउन २० गते ८:०३ मा प्रकाशित

माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताउनुभयो ।

आज राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले दार्चुला घटनामा भारतले अविलम्ब नेपाल र नेपाली जनतासमक्ष सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने भन्दै नेपाल सरकारले बनाएको छानबिन समितिले पनि तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

यस्तै नेता श्रेष्ठले संसद विघटन गर्नुमा नेकपा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्रै जिम्मेवार नभएको बताउनुभएको छ । उहाँले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि संसद विघटन हुनुमा जिम्मेवार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू