अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

दुवै देशका सैनिकबीच सञ्चार गर्न भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना

बिआरटीनेपाल २०७८ साउन १९ गते ८:०२ मा प्रकाशित

भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन् ।उत्तरी सिक्किमको कोङ्ग्रा लामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न हटलाइन सेवा सुरु गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

हटलाइनको उद्घाटन गर्दै दुवै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान–प्रदान गरेका थिए । चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन सो हटलाइन सुरू भएको हो ।हटलाइनबाट मित्रता र एकताको सन्देश आदान–प्रदान भएको भारतीय सेनाले जनाएको छ । करिब ३४ सय किलोमिटर सीमा निर्धारण हुन बाँकी रहेका भारत र चीनबीच गत वर्ष सीमामा तनाव बढेको थियो ।

गत वर्ष गल्वान उपत्यकामा भएको झडपमा दुवै देशका सैनिक मारिएका थिए । पछिल्लो समय दुवै देशले तनावलाई मत्थर गर्न प्रयास गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू