अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

सभा, सम्मेलन, धर्ना, जुलुस जस्ता भिडभाड जन्य क्रियाकलाप नगर्न काठमाडौं प्रशासनको अनुरोध

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:२९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, सम्मेलन, धर्ना, जुलुस जस्ता भिडभाड जन्य क्रियाकलाप नगर्न सबैमा अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो ।

कोरोना सङ्क्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु तथा आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना सङ्क्रमणको दर घटाउन सबै पक्ष र समुदायको जिम्मेवारी रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनले भिडभाड नगर्न अनुरोध गरेको हो ।

सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को सङ्क्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ, प्रशासनले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू