अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

खोप अभियानको रफ्तार सुस्त भएको भन्दै एमाले नेता योगेश भट्टराइको असन्तुष्टि

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:२५ मा प्रकाशित

नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोना विरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यस अनुसार काम हुन नसकेको बताउनुभयो ।

६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आज सम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको उहाँको भनाइ थियो ।

उहाँले १० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उहाँले यस्तो अवस्थामा असोज महिना भित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको र प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू