अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

विशेष प्रदेश समिति ७५ सदस्यीय बनाउन माओवादीको परिपत्र

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:३७ मा प्रकाशित

संगठन विस्तारमा आक्रमक ढंगले अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा ७५ सदस्यीय विषेश प्रदेश समिति बनाउनेगरी ठोस प्रस्ताव तयार गर्न नेता लीलामणि पोखरेललाई जिम्मेवारी दिएको छ । आइतबार बसेको स्थायी समितिको निर्णय अनुसार अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र सचिवहरूलाई परिपत्र जारी गर्दै यस्तो जिम्मेवारी दिनुभएको हो ।

अध्यक्ष प्रचण्डको परिपत्रमा आगामी साउन ३० गतेभित्र सबै स्थानीय तह सबै वडा समितिहरु गठन र पुनर्गठन गरी त्यसको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । जसको मापदण्ड समेत तोकिएको छ । महानगरपालिकाका वडा समिति बढीमा ४५ जना, उपमहानगरका वडामा बढीमा ३५,गाउँ,नगरपालिका वडा शाखामा २९, नगर टोलमा १९,पार्टी सेल समिति १५ जना नबढ्ने गरी कमिटीहरु गठन गर्न परिपत्रमा निर्देशन दिएको छ । त्यस्तै सेल समितिमा सचिवको व्यवस्था गर्ने र वडा समितिमा अध्यक्ष र सचिवको व्यवस्था गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू