अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

सुजिता ठाकुर हत्या प्रकरणमा उनकै बुबासहित थप तीन जना पक्राउ

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:३२ मा प्रकाशित

महोत्तरीकी सुजिता ठाकुरकाे हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुजिताकाे हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिनुभयाे । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘बाबु कामेश्वर र देवर रूपेशकै मिलोमतोमा सुजिताको हत्या भएकाे खुलेको छ’, आचार्यले भन्नुभयाे, ‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’ पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उहाँले बताउनुभयाे ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन’, एसपी आचार्यले भन्नुभयाे, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मदत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू