अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:०५ मा प्रकाशित

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् ।तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् ।

अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी बिद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला बिमानस्थलमा रकेट हमला गरिएको हो ।

सो बिमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछी अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी बिद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ । अफगाानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी तालीवानी गतिबिधी तीब्र हुन थालेको हो । पछिल्लो समय भएको तालीवानी हमलाका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू