अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

म्यान्मारका सेना प्रमुखले आफूलाई गरे देशको प्रधानमन्त्री घोषणा

बिआरटीनेपाल २०७८ साउन १८ गते ७:५० मा प्रकाशित

म्यान्मारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषणा गर्नुभएको छ । स्थानीय सञ्चार माध्यममा बोल्ने क्रममा उहाँले आफूलाई म्यान्मारको प्रधानमन्त्री घोषणा गर्नुभएको हो । यसै वर्ष फेबु्रअरी महिनामा म्यान्मारका सेनाले कु गर्दै सत्ता कब्जामा लिएको थियो । सेना प्रमुख मिनले आगामी दुई मुलुकमा आपतकाल जारी रहने पनि बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले ‘स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव’ गराउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । सेना प्रमुख ह्लाइङलले जनताबाट चुनिएर आएका एनएलडीका नेताहरूलाई ‘आतङ्कवादी’ को संज्ञा दिँदै एनएलडी समर्थकलाई ‘उग्रवादी’ भएको बताउनुभयो ।

गत फेब्रुअरी १ मा पक्राउ पर्नुभएका नेतृ आन साङ्ग सुकीमाथि सेनाले विभिन्न मुद्दा चलाएको छ । सेनाले सत्ता कब्जा गरेपछि म्यान्मारमा सैयौं प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू