अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष लुम्बिनीका विपक्षी दलहरुको आग्रह

बिआरटीनेपाल २०७८ साउन १८ गते ७:४६ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाका विपक्षी दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । प्रदेशसभाका चार विपक्षी दलले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा आज प्रदेश प्रमुख शेरचनलाई निवेदन बुझाएका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली काँग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।

गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरी आफूले पनि राजीनामा दिएर एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिनुभएको थियो । त्यसपछि तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश सभामा हाल कायम रहेका ८० जना प्रदेश सभा सदस्यमध्ये सत्तारुढ नेकपा एमालेसँग ३८ सांसदमात्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू