अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

आफू नेकपा एमालेमै रहेको लुम्बिनी प्रदेशसभा सांसद वलीको भनाइ

बिआरटीनेपाल २०७८ साउन १८ गते ७:४१ मा प्रकाशित

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताउनुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै उहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताउनुभयो ।

तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित वलीले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोज्नुभएको थियो । दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँका पत्नी विमला उपनिर्वाचनमा विजयी हुनुभएको थियो ।

उहाँ नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू