अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

जिपि कोइराला फाउन्डेसन कार्यालय अमेरिकामा विशेष भेटघाट सम्पन्न

बिआरटीनेपाल २०७८ साउन १७ गते ९:३० मा प्रकाशित

न्यु योर्क, गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको कार्यालय वुडसाईड न्युयोर्कमा आज फाउन्डेसनको निमन्त्रणामा फाउन्डेसनका पदाधिकारी सहित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारीहरू र न्यु योर्क सिटी डिस्ट्रिक्ट २५ का सिटी काउन्सिलका प्रत्याशी काउन्सिल मेन शेखर कृष्णन् बिच विशेष भेटघाट, छलफल र आगामी कार्य योजना र आपसी सहयोगका विषयमा विस्तृत छलफल सम्पन्न भयो।

शेखर कृष्णन् लाई बिहान १० वजे फाउन्डेसनका अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरे, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री तथा नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ,घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमु, युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष ई. टेम्बा शेर्पा, फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामा, नेका युवा नेता राजु रौनियारले खादा र पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो।

सो स्वागत एवं भेटघाट र छलफल कार्यक्रममा सहभागी भइदिनुभएकोमा आभार व्यक्त गर्दै यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले वहाँजस्तो एक लगनशील र जुझारु भारतीय मूलका अमेरिकी डेमोक्रेटिक पार्टीका युवा नेताले न्यु योर्क डिस्ट्रिक्ट-२५ को नेतृत्व गर्ने निश्चित भैसकेको(प्राइमरी जिती सकेको र डेमोक्रेटिक बाहुल्य डिस्ट्रिक्टमा फाइनल निश्चित नै भएको परिवेश)परिबेसमा हामी तमाम नेपाली लगायत सम्पूर्ण दक्षिण एसियाली मूलका अमेरिकीहरू अत्यन्त उत्साहित भएको र वहाँसँग हातेमालो र सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्दीत भएको बताउनुभयो। वहाँले नेपाली लगायत समुदायवासीका विविध समस्या र सो को समाधानको बारेमा अव वहाँको साथ र सहयोगको खाँचो औँल्याउनुभयो।

फाउन्डेसनका कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले वाईडेन सरकारको इमिग्रेसन नीति, टिपिएस्, एसाईलम लगायतमा सरकार र माताहातका निकाय समक्ष पीडितहरूका आवाज वहाँहरूजस्तो जनप्रतीनिधीहरूले पुर्‍याई शीघ्र समाधानका उपायहरू अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभयो। त्यसै गरी कार्यसमिति सदस्य ध्रुव क्षेत्री कुँवरले नेपाली लगायत दक्षिण एसियाली सामुदायिक भवन निर्माणमा लागिपर्न सुझाउनुभयो।कार्यसमिति सदस्य प्रेम क्षेत्री अधिकारीले वहाँको र नेपालीको भावनात्मक सम्बन्ध रहेको र सहकार्य गरी अगाडी बढ्दा आपसी भाइचारा सम्बन्ध अझ मजबुत हुनेमा जोड दिनुभयो।कार्यसमिति सदस्य राजेश आचार्यले यो डिस्ट्रिक्टमा रहेको नेपाली समुदाय विभिन्न भाषा र संस्कृतिका धनी भएका र उनीहरूका आवाज सुनीदिन आग्रह गर्नुभयो।नेपाल भिजन ईन्क अध्यक्ष मोहनकृष्ण श्रेष्ठले यहाँ खुलेका विभिन्न संघसंस्थाहरूले नेपाल र अमेरिकी जनताका आवश्यकता र सहयोगमा केन्द्रित भई काम गरेको र आई पर्ने विभिन्न समस्या समाधानमा आगामी दिनहरूमा वहाँजस्तो काउन्सिलमेनको अहं भूमिका हुनेमा जोड दिनुभयो।

घ्याल्सुम्दो सेवा समाज अमेरिकाकी अध्यक्ष निमा ल्हमुले नेपाली व्यवसायीहरू कोभिडका कारणले अझैपनी थलिएको, पिपिपि लोन लगायतका सुविधाहरू पाउन समेत कतिपय कारणले अत्यन्त कठिनाइ भएको वर्तमान परिस्थितिमा वहाँको सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो। शेर्पा किदुगका उपाध्यक्ष ई. टेम्बा शेर्पाले नेपालीहरू नैतिक र ईमान्दाररूपमा काममा खटिई रहँदा आई पर्ने कतिपय कानुनी लगायत प्रशासनिक अप्ठ्याराहरू लाई सहज ढङ्गले समाधान खोज्न जरुरी रहेको र सो भूमिका वहाँजस्तो युवा नेताले निभाउनुपर्नेमा जोड दिनुभयो ।फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामाले आफूहरू वहाँजस्तो सबल युवा नेतृत्वबाट उत्साहित भएको र मिलेर अगाडी बढ्ने बताउनुभयो भने युवा नेता राजु रौनियारले कतिपय इमिग्रेसनका विषय जटिल र झन्झटिलो भएको र समाधानका विषयमा जोड दिन सुझाव दिनुभयो।

आफ्ना भनाइहरू संक्षेपमा राख्दै भावी डिस्ट्रिक्ट-२५ का सिटी काउन्सिल मेन शेखर कृष्णनले आफूलाई कार्यालयमै वोलाई स्वागत एवं न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा फाउन्डेसन परीवारजनमा एवं उपस्थित सबै महानुभावहरूप्रती हार्दिक आभार व्यक्त गर्नुभयो। तपाईंहरूकै माया र भोटले म सिटी काउन्सिल को ढोकामा पुगेको र आगामी साथ र सहयोगमा सिटी हलमा पुगी तपाइहरूका आवाज बुलन्द गर्नेछु भनी प्रसन्नता व्यक्त गर्नुभयो। वहाँले आगामी दिनहरूमा नेपालजस्तो माईनरीटी समुदायलाई आई पर्ने जुनसुकै समस्यामा पनि आफू तपाईँहरूसँगै रही समाधान खोज्न लागिपर्नेमा जोड दिनुभयो। वहाँले नेपाल र भारतको घनिष्ठ र भाइचारा सम्बन्धलाई औँल्याउँदै आफू दक्षिण एसियाई मुलुकका आप्रवासीसँग विशेष हातेमालो गर्दै आगामी दिनहरूमा अगाडी बढन इच्छुक रहेको बताउनुभयो।वहाँले महिनामा कम्तीमा १ पटक नेपाली लगायतका विभिन्न समुदायसँग बैठक गरी आपसी छलफल गर्न आफू तैयार रहेकोमा जोड दिनुभयो । ईमिग्रेशन समस्या, साना व्यापारिक समस्या, विद्यार्थीका समस्या, ट्याक्सी, उवर व्यवसायीका समस्या, सङ्घसंस्था सञ्चालनमा आई पर्ने समस्या, सामुदायिक भवन निर्माण लगायत विविध विषयमा आफू जानकार रहेको र आगामी दिनहरूमा कसरी हुन्छ सहमति र सहकार्य गर्दै ती तमाम समस्या समाधान गर्न म तपाईंहरूसंगै हातेमालो गर्दै अगाडी बढेनछु भनी वहाँले ती दिनहरू प्रतीक्षा गर्न जोड दिनुभयो।

अन्त्यमा वहाँले फाउन्डेसन लगायत नेपाली संघसंस्थाहरुलाई विशेष धन्यवाद दिँदै यस्तो सौहार्दपूर्ण छलफल जुराइदिएकोमा फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे प्रति आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू