अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

शहिद स्मारक ए डिभिजन लिग करिब २ महिना धकेलियो, २५ लाख रुपैयाँ बढाएर विजेतालाई ७५ लाख रुपैयाँ दिइने

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:४३ मा प्रकाशित

क्लबहरुको असन्तुष्टिपछि अखिल नेपाल फुटबल संघ–एन्फाले शहिद स्मारक ए डिभिजन लिग करिब दुई महिना सारेको छ। एन्फाले लिग कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।यसअघि असोज ३ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय एन्फाले गरेको थियो। एन्फा र ए डिभिजन क्लबहरुबीच भएको बैठकपछि उक्त निर्णय लिइएको हो।

नेपालले असोजको तेस्रो सातादेखि साफ च्याम्पियनसिपसमेत आयोजना गर्न सक्ने भएकाले ए डिभिजन लिग सार्नु परेको एन्फाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। प्रतियोगिताको विजेताले ७५ लाख रुपैयाँ पाउने छ। यसअघि गत संस्करणमा ५० लाख रुपैयाँ प्रदान गरिएको थियो।

दोस्रोले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउने छन्। तयारीबापत सबै १४ क्लबले २/२ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ। तालिकाका अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू