अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

टोकियो ओलम्पिकमा चीन २३ स्वर्ण पदक सहित शिर्ष स्थानमा

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:३८ मा प्रकाशित

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन २३ स्वर्ण पदक सहित शिर्ष स्थानमा पुगेको छ । चीनले १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २१ रजत र १५ कास्य पदक प्राप्त गरेको छ भने तेश्रो स्थानमा रहेको जापानले हाल सम्म १७ स्वर्ण पदक, ५ रजत र ९ कास्य पदक प्राप्त गरेको छ ।

त्यसैगरि चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्ण पदक, ३ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । रसियन ओलम्पिक कमिटिले ११ स्वर्ण, १६ रजत र १३ कास्य पदक प्राप्त गरेको छ भने बेलायत १० स्वर्ण, १० रजत र १२ कास्य पदक प्राप्त गर्दै छैठौँ स्थानमा छ ।

त्यसैगरि कोरियाले ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गरेको छ भने फ्रान्सले ४ स्वर्ण, १० रजत र ६ कास्य पदक प्राप्त गरेको छ । ओलम्पिक खेलकुदमा नेदरल्याण्डसले ४ स्वर्ण, ७ रजत र ६ कास्य पदक प्राप्त गरेको छ भने दशौँ नम्बरमा रहेको जर्मनिले ४ स्वर्ण, ४ रजत र ११ कास्य पदक प्राप्त गरेको छ ।

 

प्रतिक्रिया