अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

कोरोना भाइरसकाबाट ४२ लाख ३५ हजार ९ सय ५६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:३७ मा प्रकाशित

विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसको सङक्रमणका कारण ४२ लाख ३५ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । हाल सम्म १९ करोड ८६ लाख ६६ हजार ३ सय ४९ जनामा सङक्रमण पुष्टि हुँदा १७ करोड ९३ लाख ७९ हजार ५ सय ८ जना निको भएका छन् । संयुक्त राज्य अमेरिकामा ३ करोड ५७ लाख ४५ हजार २४ जनामा सङक्रमण पुष्टि हुँदा ६ लाख २९ हजार ३ सय १५ को मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३ करोड १६ लाख ५५ हजार ८ सय २४ मा सङक्रमण पुष्टि हुँदा ४ लाख २४ हजार ३ सय ८४ को मृत्यु भएको छ । त्यसैगरि ब्राजिलमा १ करोड ९९ लाख १७ हजार ८ सय ५५ जनामा सङक्रमण पुष्टि हुँदा ५ लाख ५६ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । रसियामा ६२ लाख ८८ हजार ६ सय ७७ मा सङक्रमण पुष्टि हुँदा १ लाख ५९ हजार ३ सय ५२ को मृत्यु भएको छ ।

फ्रान्समा ६१ लाख २७ हजार १९ जनामा सङक्रमण पुष्टि हुँदा १ लाख ११ हजार ८ सय ६७ को मृत्यु भएको छ भने बेलायतमा ५८ लाख ५६ हजार ५ सय २८ मा सङक्रमण पुष्टि हुँदा १ लाख २९ हजार ६ सय ५४ को मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू