अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

“माधव नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना तत्कालका लागि समाप्त ” –प्रचण्ड

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:२८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना तत्कालका लागि सकिएको बताउनुभएको छ । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताउनुभएको हो ।

माधव समुहलाई अहिले नै सरकारमा सहभागी हुन समस्या भएकोले अब तत्काल मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू