अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

“वर्तमान सरकार प्रतिगामी” – एमाले अध्यक्ष केपी ओली

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:२७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिनुभएको छ । उहाँले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाउनुभयो । आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखि नै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताउनुभएको हो ।

सरकारले दमन सहितको भद्दा राजनीतिकरण सुरु गरेको आरोप लगाउँदै ओलीले यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै रहेको र सरकारका सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको ओलीको आरोप थियो । आफ्नै पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने अहिलेको स्थिति आएको ठहर गर्दै ओलीले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू